ईलाम ३१, असार । मोटरसाईकल दुर्घटना परेर वडासदस्यको मृत्यु भएको छ । इलाम माङसेबुङ गाँउपालिका–४ मार्चेबुङ बस्ने ३६ बर्षीय धन बहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो ।
बुधवार अपरान्ह ४ बजे मार्चेबुङ वडा नम्बर(४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घर तर्फ आउदै गर्दा रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुदा उहाँ गम्भीर घाइते हुनुभएको छ ।
टाउकोमा चोट लागी गम्भीर घाईते भएका वडा सदस्य समेत रहेका राईको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।