Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाको चुमनुब्री गाउँपालिकाको लागि भोलि हेलिकप्टर मार्फत खोप लगिदै


3.9K
Shares

गोरखाको चुमनुब्री गाउँपालिकाको लागि भोलि हेलिकप्टर मार्फत खोप लगिदै

गोरखा ३१, असार । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको लागि भोली हेलिकप्टर मार्फत खोप लगिने भएको छ । उत्त क्षेत्रमा बसोबास गर्नेहरुकालागि भन्दै साउन १ गते चीनमा उत्पादन भएको ३ हजार डोज भेरोसिल खोप हेली मार्फत लैजाने तयारी पुरा भएको स्वास्थ्य कार्यालय गोरखाका कोलचेन अधिकृत ऋषिराम खत्रीले जानकारी दिनुभयो ।

चीन संग सिमाना जोडीएको उत्त क्षेत्रमा ०७७ साल माघ २३, २४ र २५ गते हेली मार्फत खोप लगेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु र फागुन २३ गते पछि ५५ बर्ष माथिका उमेर समूहका, जनप्रतिनिधी र छुट भएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु खोप दिई सकेको छ । पहिलो चरणमा ९९५ जनाले खोप लगाएको कार्यालयले जनाएको छ ।

शुक्रबार त्यहाँ लाने १८ बर्षदेखि माथिका उमेर समूहका सबैलाई खोप दिईने भएको छ । उत्त क्षेत्रमा बसोबास गर्ने ३ हजार ७०८ जना भएता पनि केहीले पहिला नै खोप लगाई सकेको र केही मानिस राजधानीमा बसोबास गर्दै आएका कारण ३ हजार डोज खोप मात्र लान लागिएको अधिकृत खत्रीले जानकारी दिनुभयो ।

खोप बढी भएमा बिग्रने तर कम भएमा पुनः थप्न मिल्ने भएका कारण पनि संख्याको आधारमा कम खोप लान लागिएको हो । ‘खोप पुगेन भने हामी पुनः लैजान्छौ र खोप दिन्छौ’ अधिकृत खत्रीले भन्नुभयो।७ वटा वडा रहेको उत्त क्षेत्रमा सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँमा रहेको स्वास्थ्य केन्द्रमा सम्र्पक राखी खोप सेवा लिन सक्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology