उदयपुर ३०, असार । खेतमा काम गरिरहेका दुई जना महिलाको चट्याङ लागेर ज्यान गएको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा खेतमा काम गर्दै गरेका ललिता सदा र फूलकुमारी सदाको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उहाँहरु दुवै जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घटना मंगलबार साँझ भएको प्रहरीले पुष्टी गरेको छ ।