Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकाका भित्र आज कोरोना बिरुद्धको खोप लगाइदै (कहाँ कहाँ लगाइदैछ यो हेर्नुहोस)


2.8K
Shares

गोरखा नगरपालिकाका भित्र आज कोरोना बिरुद्धको खोप लगाइदै (कहाँ कहाँ लगाइदैछ यो हेर्नुहोस)

गोरखा ३०, असार । गोरखा नगरपालिका भित्रका सवै वडामा आजदेखि कोरोना बिरुद्धका खोप सेवा सुरु भएको छ । नगर क्षेत्रको सबै वडा स्तरीय स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य चौकी मार्फत लक्षित समूहलाई खोप दिन लागिएको हो ।
नेपाल सरकारले चीनबाट खरिद गरेर ल्याएको भेरोसिल खोप दिईने स्वास्थ्य कार्यालय गोरखाका खोप प्रमुख ऋषिराम खत्रीले जानकारी दिनुभयो ।

बुधबारदेखि सुरु हुने खोप सेवामा ५५ बर्ष माथिका उमेर समूहका साथै बिगतमा प्रार्थमिकतामा परेर पनि लगाउन छुटेका, विश्वविद्यालयका प्राध्यापकहरु, शिक्षक तथा त्यहाँ कार्यरत कर्मचारीहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा खोप लगाउन छुटेका ब्यत्तिहरुले परिचय पत्र देखाएर खोप लगाउन सक्ने गोरखा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

सदरमुकाममा गोरखा अस्पतालमा खोप सेवा हुने छ भने अन्य वडाहरुमा शाखाले तोकेको स्थानमा गएर खोप लगाउन सकिने ब्यवस्था मिलाईएको नगरपालिकाले जनाएको छ । उमेर समूह अनुसार गोरखा नगरपालिकाको १४ वटै वडामा करिब ५ हजार मानिसलाई खोप लगाउनु आवश्यक देखिएको भएता पनि स्वास्थ्य कार्यालयले २ हजार ८१६ जनालाई पुग्ने मात्र खोप उपलब्ध गराएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताउनुभयो । उत्त परिमाणको खोप आजै लगाएर सकिने शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology