धादिङ, २९ असार । ट्रकको ठक्करबाट आज बाबु छोराको ज्यान गएको छ । थाक्रे गाउँपालिका–६ महादेववेशीस्थित सडकमा ना ७ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट विदुर नगरपालिका–१३ बस्ने ३५ वर्षीय नारायण शिवभक्ति र उहाँका छोरा १० वर्षीय आर्यन शिवभक्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि छोरा आर्यानको घटनास्थलमै मृत्यु भएको हो भने बाबु नारायणको उपचारका क्रममा काठमाण्डौको ट्रमा सेन्टरमा ज्यान गएको हो ।