गोरखा २९, असार । गोरखाको शहिद लखन गाउँपालिकामा खेतमा काम गर्न गएका एक जनाको लडेर मृत्यु भएको छ । शहिद लखन गाउँपालिका–६, को दार्चेका ७७ बर्षिय खिलप्रसाद रेग्मीको खेतमा काम गरेर डिलमा बस्दै गर्दा एक्कासी लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
बिहान भएको उत्त घटनामा घाईते रेग्मीलाई खेतबाट घर तर्फ ल्याउदै गर्दा बाटोमा नै ज्यान गएको कार्यालयले जनाएको छ । डिलबाट लडेर घाईते भएका उनलाई स्थानियले उद्वार गरी घर तर्फ ल्याउदै गरेको अस्थामा ज्यान गएको हो ।