काठमाण्डौं २९, असार । क्रुर ख्याती हत्याकाण्डमा जेल सजाय भोगेकी मेरिना शाक्य आज जेल मुक्त भएकी छिन् । अनामनगरकी १९ वर्षीया ख्याति श्रेष्ठको २२ जेठ २०६६ मा अपहरणपछि बीभत्स हत्या गरिएको थियो ।
श्रेष्ठ अपहरणमा संलग्न शाक्य १२ वर्ष जेल सजाय पूरा गरेर केन्द्रीय कारागार, सुन्धाराबाट थुनामुक्त भएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
‘उनलाई १३ बर्ष चार महीना कैद सजाय तोकेको थियो, उहाँले भन्नुभयो, ‘छुटसहित गरेर १२ वर्षपछि उनी छुटिन् ।’ शाक्यलाई बुबाआमा आएर बिहानै बुझेर लगेको बास्कोटाको भनाई छ । ख्यातीलाई अपहरणको दुई सातापछि ललितपुरमा टाउको र हातखुट्टाविना श्रेष्ठको शव भेटिएको थियो ।
क्रुर घटनाको मुख्य आरोपी बिरेन्द्र श्रेष्ठलाई शाक्यले सहयोगीको भूमिका खेलेको पुष्टी गर्दै अदालतले उनलाई जेल सजाय तोकेको थियो । पक्राउ पर्दा शाक्यले भर्खर एसएलसी परीक्षा बसेकी थिइन् ।