Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय र संक्रमण देखिएको ३ स्थान सिल


5K
Shares

गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय र संक्रमण देखिएको ३ स्थान सिल

नागरिक सवाल

गोरखा, २९ असार । गोरखाको अजिरकोट गाउँपालिकामा संक्रमण तिब्र रुपमा फैलिएको भन्दै गाउँपालिकाको कार्यालय र अन्य ३ स्थानलाई सिल गरिएको छ ।  पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश दवाडीले आज सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र मिलिम, धादिङगरा र भच्चेक बजार सिल गरिएको हो ।

साता दिन यता उत्त क्षेत्रमा संक्रमितहरुको संख्या बढ्न थालेको भन्दै अजिरकोट गाउँपालिका १ को मिलिम, ३ को धादिङगरा र भच्चेक बजार र वरपरको क्षेत्र सिल गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी साउन ७ गते सम्म पालिकाको कार्यालयबाट हुने अत्यावश्यकीय काम बाहेकका सबै काम समेत बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology