पाल्पा २९, असार । पाल्पाको निस्दी गाउँपालिका–४ का वडाध्यक्ष न्योबहादुर सुनारीको राति निधन भएको छ। तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा गएराति १२ उहाँको निधन भएको हो ।
५२ वर्षीय सुनारीलाई कलेजोको समस्या भएको पारिवारिक स्रोतले जनाएको छ । केही महिनादेखि औषधि सेवन गर्दै आएका उनलाई बिमारले च्यापेपछि गत सोमबार बिहान ८ बजे उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो।
सुनारी नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।