Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्याक्टर दुर्घटना : चालक सहित २ जनाको घटनास्थलमै मृत्य


2.1K
Shares

ट्याक्टर दुर्घटना : चालक सहित २ जनाको घटनास्थलमै मृत्य

नागरिक सवाल

रौतहट २९, असार । गएराती भएको ट्याक्टर दुर्घटनामा परि चालक सहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका वार्ड नं ४ स्थित खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको उक्त ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रौटहटले जनाएको छ ।

दुर्घटनामा परि बर्ष २० का गोविन्दा पटेल र २२ का कोबिन्द्र पटेलको घटना स्थलमै मृत्यु भएको हो ।नदीको बाँधवाट ट्याक्टर झन्डै १० फिट तल झरेर पल्टेको प्रहरीको भनाई छ । दुर्घटनामा परि राकेश पटेल र कान्थ पटेल गम्भीर घाइते हुन् । घाइते दुवैको बीरगञ्जमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology