Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भानु जयन्तीमा मंगलबार सार्वजनिक बिदा


2.3K
Shares

भानु जयन्तीमा मंगलबार सार्वजनिक बिदा

तनहुँ २८, असार । तनहुँको भानु नगरपालिकाले भानु जयन्तीको उपलक्ष्यमा भोलि मंगलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ। नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गरपालिकास्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिनुभयो ।

विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो।स्वदेश तथा विदेशी साहित्यकारहरुको समेत जमघट गरेर भानु जयन्ती साताव्यापी रुपमा मनाउँदै आएकामा यस वर्ष कोरोना संक्रमणका कारण २०८औँ भानुजयन्ती एक दिन मात्रै मनाइने भएको छ।

भानु नगरपालिका–४ चुँदीरम्घा बेँसीस्थित भानुजन्मस्थल विकास समितिको कार्यालयमा भोलि बिहान भानुप्रति श्रद्धाञ्जलि तथा साहित्यिक रचना वाचन कार्यक्रम राखिएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology