Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा जिल्लामा फेरि निषेधाज्ञा थपियो : अब के खोल्न पाइन्छ के पाइदैन (यो हेर्नुहोस)


6K
Shares

गोरखा जिल्लामा फेरि निषेधाज्ञा थपियो : अब के खोल्न पाइन्छ के पाइदैन (यो हेर्नुहोस)

गोरखा, २८ असार : गोरखा जिल्लामा फेरि निषेधाज्ञा थप गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकको निर्णय अनुसार भोलिराती १२ बजेदेखि थप हुनेगरि पुनः साउन ९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । जिल्लामा गएको बैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरि यो ८ औं पटक थप गरिएको हो । जिल्ला भित्र कोरोना संक्रमण संक्रमण रोकथाम, न्युनिकरण र व्यवस्थापनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शलिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

भोलि मध्यरातदेखि लागू हुने निषेधाज्ञाको अबधीमा जिल्ला भित्र कुनै प्रकारको सभा सम्मेलन, तालिम गोष्ठी, सेमिनार भेला गर्न नपाइएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ । त्यस्तै जिल्ला भित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने तर अनिबार्य रुपमा चालक, सहचालक र यात्रुले मास्क, पन्जा, फेससिल्ड लगाउनु पर्ने निर्णय डिसिएमसीको बैठकले गरेको छ ।

बैठकले निषेधाज्ञाको अबधीमा दैनिक उपभोग्यबस्तु, खाद्यान्य, तरकारी, दुध तथा माछा, मासु, कृषिजन्य बिउबिजन मल पशुपन्छीको दाना बिक्री गर्ने पसल निर्वाध रुपमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।  बैठकले खाजा घर, मिठाइ पसल, रेष्टुरेन्ट पसलहरुबाट होम डेलिभरी र टेक अवे बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न पाउने, जुत्ता पसल, फोटाकपी पसल, इलोक्ट्रिक पसल, इलोक्ट्रोनिक्स पसलहरु पनि साँझ ५ बजेसम्म सञ्चालन गर्न पाउने प्रशासनले जनाएको छ ।

त्यस्तै होटल तथा लजहरुले समेत स्वास्थ्य मापदण्डको पालना गरि कुल कोठाको एक तिहाई कोठा सञ्चालन गर्न पाउने निर्णय बैठकले गरेको छ । बित्तिय संस्थाहरुले समेत घरदैलोमा गई रकम संकलन गर्न पाउने तथा भेल गर्न नपाउने निर्णय भएको छ ।जिल्ला भित्रका उद्योग तथा सार्वजनिक निर्माण कार्यमा सलंग्न कर्मचारी तथा श्रमिकलाई उद्योग निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरि कार्य सञ्चालन गर्न पाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै खानेपानी सुरक्षा, स्वास्थ्य, सञ्चार, औषधी तथा औषधीजन्य उत्पादन र बिक्रि बितरण लगायत अत्याबश्यक बाहेकका सेवा सवै बन्द गर्ने निर्णय पनि डिसिसिएमीको आजको बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।
सञ्चारकर्मीका हकमा सूचना बिभागले जारी गरेको प्रेसपास र सञ्चारगृहले जारी गरेको परिचय पत्रको आधारमा आवातजावत गर्न सकिने निर्णय गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology