Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमाले स्थायी कमिटिको बैठक आज बस्दै : माधव नेपाल पक्षपनि सहभागी हुने ओली पक्षको दावी


4.3K
Shares

एमाले स्थायी कमिटिको बैठक आज बस्दै : माधव नेपाल पक्षपनि सहभागी हुने ओली पक्षको दावी

काठमाण्डौं २८, असार : सत्तारूढ नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । हिजो पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदनका लागि आज स्थायी कमिटीको बैठक बोलाइएको एमाले नेता शेरबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार साँझ ५ बजे बैठकको समय निर्धारण गरिएको भए पनि त्यसअघि नै पनि बैठक सुरु हुनसक्ने सम्भावना छ ।

हिजोको सहमति र आगामी रणनीतिका बारेमा अहिले पनि नेताहरूबीच अनौपचारिक छलफल भइरहेको तामाङले बताउनुभयो । आजको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सहभागी हुने उहाँको भनाइ छ । एमालेले भोलिका केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

एमाले नेता, कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीको आन्तरिक समस्या विधिसम्मत ढंगले समाधान गर्ने, २०७५ जेठ २ गते अघिको पार्टी संरचनाबाट अघि बढ्ने, पार्टीमा योगदान दिएका नेताहरूलाई मातहत कमिटीमा समेट्ने सहमति हिजो भएको जानकारी दिनुभयो । पार्टीको एकता मर्यादाअनुसार अघि बढ्ने, सर्वोच्चको निर्णयपछि पनि पार्टी सहमतिअनुसार एकतावद्ध रुपमा अघि बढ्ने निर्णय कार्यदलले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology