झापा २ड, असार । २६ बर्षकी एक युवतीको आज बिहान शव फेला परेको छ । झापा जिल्लाको बिर्तामोड नगरपालिका ५ बस्दै आउनु भएकी सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।