Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका एक स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत सहित ४ जना बिरुद्ध भ्रष्टाचारको मुद्दा


4.9K
Shares

गोरखाका एक स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत सहित ४ जना बिरुद्ध भ्रष्टाचारको मुद्दा

गोरखा २८, असार । गोरखाको एक स्थानीय तहका तत्कालिका प्रमुख प्रशासकिय अधिकृत सहित ४ जना बिरुद्ध अख्तियारमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । जिल्लाको वारपाक सुलिकोट गाऊँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाई र ठेकेदार अमर गुरुङ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदातलमा मुद्दा दर्ता गरेको हो । आर्थिक वर्ष २०७५/७६ मा वजेट विनियोजन भई उत्त गाऊँपालिकाको वडा नम्वर ७ झाँक्रीचोकदेखि ताकुसम्मको सडक निर्माणको काम गर्दा रकम हिनामिना गरेको अख्तियारको केन्द्रिय कार्यालयले बिशेष अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

उनिहरुले मिलोमतोमा सडक निर्माण कार्यको वास्तविक कार्यभन्दा बढी परिमाणको दरले हुन आउने बढी रकम रु ३,६८,४२०.१७ (भ्याट सहित) बढाइ तयार पारेको विस्तृत लागत, नापी किताव र कार्यसम्पन्न प्रतिवेदन, गोश्वारा भौचर तयार तथा निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रा.लि.का अमर बहादुर गुरुङसँगको मिलेमतोमा उक्त बढी रकम भुक्तानी गरी नेपाल सरकारलाई गैरकानूनी हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको अख्तियारले बिशेष अदालतमा दायर गरेको पत्रमा उल्लेख छ ।

आरोप पत्रमा निजहरु शिव बहादुर गुरुङ, गंगा बहादुर घले र सुजन अंगाईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर गरेको पुष्टि भएको देखिँदा निजहरुलाई बिगो रु ३,६८,४२०. १७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन र दफा १७ वमोजिम उक्त बिगो असुल गर्न समेत माग दावी गरिएको छ । अख्तियारले जिल्लाका ११ वटै पालिका भित्रका वडा तहमा पुगेर शुक्ष्म अध्ययन गरिरहेको र गोरखा जिल्लामा एक दर्जन भन्दा धेरै प्राविधिकहरु पक्राउ पर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology