काठमाण्डौं २७, असार । पेस्तोल सहित एक युवक आज पक्राउ परेका छन् । काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकबाट प्रहरीले जनकपुर उप महानगरपालिका–२ घर भएका ३१ वर्षीय जयप्रकाश महतोलाई पक्राउ गरेको जनाएको छ ।
महतोको साथबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र म्याग्जिन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका महतो माथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।