Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा चर्को भाडा असुल्ने ३ सवारी साधनलाई १०/१० हजार रुपैया जरिवाना


3.2K
Shares

गोरखामा चर्को भाडा असुल्ने ३ सवारी साधनलाई १०/१० हजार रुपैया जरिवाना

गोरखा, २७ असार (रासस) : गोरखामा निषेधाज्ञाका बेला चर्को भाडा उठाउने ३ ओटा सवारी साधनलाई १०÷१० हजार रुपैया हजार रुपैया गरेको छ । जिल्ला प्रसासन कार्यालय गोरखाले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम प्रति सवारी साधन दश हजार रुपैयाका दरले जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा निषेधाज्ञा जारी भइरहेका बेला निषेधाज्ञाको उल्लंघन गरि यात्रुहरुसंग चर्को भाडा असुल्ने सवारी साधनलाई शनिबार नियन्त्रणमा लिएर आज जरिवाना गरि छाडिएको उहाँले बताउनुभयो । निषेधाज्ञा उल्लंंघन गर्ने बा ५ ख १०७७, बा ५ ख १०७३ र ग १ ख ९६२२ नम्बरको माइक्रोबस र चालकलाई जरिवाना गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरुले गोरखादेखि काठमाण्डौसम्मको भाडा प्रति यात्रु रु १ हजार लिने गरेको पाइएको थियो । तर गोरखा काठमाण्डौ भाडा ४ सय ५० रुपैया हो । बिशेष सूचनाका आधारमा तिनैवटै सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरि छोडिएको उहाँको भनाई छ । गोरखा जिल्लामा जारी निषेधाज्ञाका बेला जिल्ला भित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएता पनि अन्तर जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइदै आएको छ ।

नियन्त्रणमा लिएका सवारी साधनहरुले काठमाण्डौ–गोरखा र गोरखा–नारायणघाटमा बिभिन्न बाहानमा यात्रु ओसारपोसार गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । प्रहरी सुरक्षा चेकजाँच स्थलबाट वर नै यात्रुलाई झारेर हिडाएर पठाउने र गाडी मर्मतको बाहान गरि चेक जाँच कटेपछि यात्रु बोक्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो।

गोरखामा असार २९ गतेसम्मका लागि निषेधाज्ञा लागू भएकाले निषेधाज्ञाको उल्लंघन हुने किसिमले गरिने जुनसुकै कार्य एबं गतिबिधिलाईलाई कडाई साथ पालन गरिने प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology