Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा पहिलो पटक भेटियो कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा


3K
Shares

गोरखामा पहिलो पटक भेटियो कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा

गोरखा २७, असार । गोरखा जिल्लामा कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट डेल्टा भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिनोम सिक्वेन्सिङका लागि गएको जेठ ३१ गते काठमाण्डौमा पठाइएका गोरखाका ३ वटा नुमना मध्ये सवैमा डेल्टा भेरियन्ट भेटिएको हो ।

डेल्टा भेरियन्ट भेटिएकाहरु जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाका ३ जना महिला रहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा आइतबार नै स्याङजाको कालीगण्डकी गाउँपालिकाका थप दुई पुरुषमा पनि डेल्टा भेरियन्ट पुष्टी भएको हो ।

नेपालमा दोस्रो लहरको कोभिड संक्रमणमा सबैभन्दा धेरै संक्रमितमा डेल्टा भेरियन्ट देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पछिल्लो समय नेपालमा ९ जनामा डेल्टाको म्युटेन्ट भेरियन्ट एवाई.१समेत पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology