गोरखा २७, असार । गोरखामा सचेत तथा बुद्धिजिवि युवा सन्जाल गठन भएको छ । गोरखा सदरमुकाममा शनिबार भएको भेलाले सञ्जालको जिल्ला सयोजकमा बालकृष्ण परियार सर्वसम्मत रुपमा चयन गरिएको हो । सम्पुर्ण युवाहरुको आवाज छुवाछुत र बिभेद मुक्त समाजू भन्ने मुल नाराका साथ आयोजनाग गरिएको भेलाले परियारको सयोजकत्वमा २२ सदस्यिय कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा गोमा कोईराला चयन हुनुभएको छ । त्यस्तै ७ जनाको कार्यलय सञ्चालक समिति चयन गरिएको संयोजक परियारले जानकारी दिनुभयो । सञ्जालको सदस्यहरुमा रिजन बि क , रचन परियार, आशा उपरकोटी, रबिन गैरे, कृष्णबहादुर बि.क, सुमन परियार र सुनिल बिक चयन भएका छन्।
त्यस्तै सदस्यमा यम बसेल, राजेन्द्र सिर्मल, दिपेश बि.क, राम ब परियार, सुजन अछामी अमृत बि.क, सुरेश अछामी, अमृत कोईराला, सुहान रोका, सन्दिप सुनार, सुदिप नगरकोटी, बिरबल मालबुल, मिलन सुनारलाई चयन गरिएको उहाँले बताउनुभयो ।
सन्जाले छुवाछुत र बिभेदमुक्त समाजको निर्माण गर्नु र जुनसुकै छुवाछुत र बिभेदको घट्नाको बिरुद्धमा सम्पुर्ण युवाहरु एकजुट भएर प्रतिबाद गर्ने सयोजक परियारले बताउनुभयो । त्यस्तै जिल्ला भित्रका अन्य क्षेत्रमा समेत सन्जाल बिस्तार गर्ने उपाध्यक्ष गोमा कोइरालाले जानकारी दिनुभयो ।