कास्की २६, असार । आफैले पढाउने छात्रालाई यौन दुव्र्यवहारको आरोपमा प्रहरीले एक बिधालयका प्रधानध्यापकलाई पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२ ओखलेडाँडा स्थित भुम्दीकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका प्रधानध्यापक बास्तोलले १५ वर्षीया छात्रामाथि दुराचारको आरोप लागेको छ । घटना सार्वजनिक भएपछि पक्राउ परेका अभियुक्तलाई स्थानीयबासीहरुले कुटपिट समेत गरेका थिए । बालिकाले आफु माथि प्रधानध्यापकले यौनदुव्र्यवहार गरेको परिवारलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।