Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मालपोत कार्यालय गोरखामा अब बार अनुसार पालिकाको काम (कुन पालिकाको कहिले हुन्छ?)


6.5K
Shares

मालपोत कार्यालय गोरखामा अब बार अनुसार पालिकाको काम (कुन पालिकाको कहिले हुन्छ?)

गोरखा, २५ असार । गोरखा मालपोतले बार अनुसार पालिकाको काम गर्न सुरु गरेको छ । कोरोना महामारी संगै बन्द रहेको कार्यालयले सामान्य कामहरुलाई बार अनुसार पालिकाको काम गर्न थालेको हो । कार्यालयले एक सूचना नै जारी गर्दै राजिनामा, हालैको बकसपत्र, शेष पछिको बकसपत्रका साथै बैंकमा राखिएका जग्गा रोक्का फुकुवाको काम थालेको छ ।

जस अनुसार आइतबार र सोमबार गोरखा नगरपालिका, आरुघाट र धार्चे गाउँपालिकाको काम हुने गरेको छ भने मंगलबार र बुधबार पालुङटार नगरपालिका, सिरानचोक र गण्डकी गाउँपालिकाको कामहरु गर्न थालेको कार्यालयले जनाएको छ ।
त्यसतै गरी बिहीबार र शुक्रबार भने बाँकी रहेको भिमसेन थापा, शहिद लखन, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाको काम हुने छ ।
कोरोना महामारीका कारण कार्यालयमा भिडभाड नगरी काम गर्न यस्तो उपाय अपनाइएको हो । कार्यालयले तत्कालकालागि भने नामसारी ९मुद्वा सम्बन्धी सम्पूर्ण०, अंश वण्डा तथा अंश बुझेको भरपाईको काम भने केही समय पछि थाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology