Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका डा.उत्तमबावु श्रेष्ठ सहित १७ जनालाई नास्टले गर्यो पुरस्कृत


6.7K
Shares

गोरखाका डा.उत्तमबावु श्रेष्ठ सहित १७ जनालाई नास्टले गर्यो पुरस्कृत

गोरखा २५, असार । गोरखाका डा. उत्तमबाबु श्रेष्ठ सहित १७ जनालाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले पुरस्कृत गरेको छ । नास्टले विज्ञान प्रविधिका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ११ विधामा १७ जनालाई पुरस्कृत गरेको हो । नास्टले प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष ९डब्लडब्लुएफ०, कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार राष्ट्रिय आविस्कार केन्द्रलाई दिएको छ । विज्ञान पुरस्कार ग्लोबल इस्टिच्युट फर इन्टरडिस्सीप्लिनरी स्टडिजका डा. उत्तमबाबु श्रेष्ठलाई र प्रविधि पुरस्कार टेकु अस्पतालका डा.शेरबहादुर पुनलाई दिइएको छ ।

विज्ञान तथा प्रविधि युवा पुरस्कार ५ जनाले पाएका छन्, जसमा इन्जिनियरिङ युनिभर्सल कलेजका डा. भेषबहादुर थापा, शिखर बायोटिककी सुनीता गौतम, कृषि अनुसन्धान निर्देशनालयका डा. आनन्द मिश्र, हिकास्टाकी डा. अनुपमा श्रेष्ठ र रिकास्टका डा. सागर रेग्मीलाई पनि पुरस्कृत गरेको छ ।

त्यस्तै विज्ञान तथा प्रविधि महिला पुरस्कार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय सूक्ष्मजीव विज्ञान विभागकी डा।रेश्मा तुलाधरलाई, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्धन पुरस्कारबाट नेपाल विज्ञान शिक्षक समाज र नेपाल एस्ट्रोनोमिकल सोसाइटीकी मनिषा द्ध्वा पुरस्कृत भएका छन् ।

विज्ञान तथा प्रविधि पुरस्कार पत्रकार गोविन्दप्रसाद पोखरेललाई, दयानन्त बज्राचार्य अनुसन्धान पुरस्कार काठमाण्डौं विश्वविद्यालयकी मीरा खड्का र त्रिभुवन विश्वविद्यालय केन्द्रीय जैविक प्रविधि विभागका प्रदीपकुमार चौधरीलाइ प्रदान गरिएको छ ।

फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालका दीपेश दुवेलाइ र विज्ञान शिक्षक पुरस्कार काठमाण्डौंस्थित ज्ञानोदय माविका नातिकाजी महर्जनलाई दिइएको छ ।

पुरस्कृत सबैलाई आज एक कार्यक्रम बिच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान सहित पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology