चितवन ।ट्रकको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ । चितवनमा स्कुटरमा सवार भरतपुर महानगरपालिका–१५ मंगलपुरकी ३० वर्षकी बिणु दवाडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ५ ख ५८१६ नम्बरको ट्रकले भरतपुर–३ पुल्चोकमा बिपरित दिशातर्फ जाँदै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा स्कुटरको पछाडी बसेकी दवाडी गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना स्कुटर चालक जिल्ला भरतपुर–१५ मंगलपुरकी २२ वर्षीया जस्मिन न्यौपाने घाइते हुनुभएको र उहाँको अहिले उपचार भइरहेको छ । ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।