Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

वडा सदस्यको कोरोना संक्रमणबाट मृत्यु


3.3K
Shares

वडा सदस्यको कोरोना संक्रमणबाट मृत्यु

दैलेख २४, असार । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका वडासदस्य तेजबहादुर थापाको मृत्यु भएको हो । बाँकेको कोहलपुरस्थित घरमै आज विहान निधन भएको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजुकुमार खत्रीले जानकारी दिनुभयो ।

वडाध्यक्ष खत्रीका अनुसार त्यसअघि उनको नेपालगंजस्थित भेरी अस्पतालमा उपचार गरिएको थियो । भेरी अस्पतालमा पनि उपचार सम्भव नभएपछि घर ल्याइएको थियो । वडासदस्य थापाको निधनप्रति दुःख व्यक्त गर्दै एक दिन वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology