गोरखा २३, असार । गोरखामा कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ८ का एक पुरुषको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
मृत्यु हुनेमा ८२ बर्षका बृद्धा रहेका छन् । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाण्डौमा लगिएका उहाँमा कोरोना पुष्टी भएको थियो । ति पुरुषको काठमाण्डौको शिक्षण अस्पतालमा निधन भएको जनाइएको छ ।