गोरखा २३, असार : गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्र ‘एक वडा, एक पर्यटकिय गन्तव्य’ बिकास गर्ने भएको छ । गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ देखि पालिका भित्रका पर्यटन क्षेत्रको बिकासका लागि एक वडा एक पर्यटकिय गन्तव्य कार्यक्रम सुरु गर्न लागेको जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पालिकाको पर्यटन क्षेत्रका बिकास निम्ति कार्यक्रम सुरु गर्न लागेको हो ।
पालिकाले वडा भित्र पर्ने सत्यरुपा समृति उद्यान महादेवटार, जर्नेली पौवा भीमसेन थापाको धारा, हिटी चौतारा, चण्डीथान, कमलपोखरी हुदै कोटकाली सम्मको भीमसेन थापा पदमार्ग निर्माण कार्यलाई तिव्रत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै पालिका भित्र भीमसेन थापा स्मृति पार्क तथा संग्राहलयको निर्माण कार्यलार्य निरन्तरता दिने जनाएको छ ।
पालिकाले एक वडा एक पार्क निर्माणको अबधारण समेत अघि सारेको छ । त्यस्तै पालिका भित्र सल्लाघारी पार्क, दुल्लभ पार्क, सिद्धकाली मन्दिर, काशीघाट पशुपति मन्दिर, दारेगौडा, कमलपोखरी, देवीस्थान, ठूलोपोखरी र ईत्लापोखरी क्षेत्रलाई आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पालिका भित्रका बिभिन्न क्षेत्रमा पर्यटकयि सूचना बोर्ड समेत स्थापन गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।