चितवन २३, असार । गाडीको ठक्करबाट आज बिहान पोथी जरायोको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा नम्वर नखुलेको सवारी साधनले पोथी जरायोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गाडीको ठक्करबाट जरायोको घटनास्थलमै मृत्यु भएको हो । ।
ठक्कर दिने सवारी साधनको खोजी कार्य भई रहेको छ । मृत्यु भएको जरायोको मुचुल्का उठाएर व्यवस्थापनका लागि बन कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।