Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा आज २३ जनामा कोरोना संक्रमण भेटियो


2.2K
Shares

गोरखामा आज २३ जनामा कोरोना संक्रमण भेटियो

गोरखा २२, असार । गोरखामा आज थप २३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको विभिन्न स्थानिय तहमा गरिएको पीसीआर र एन्टिजेन परिक्षणका क्रममा संक्रमणको भेटिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । संक्रमण पुष्टी भएकाहरुमा पालुङटार नगरपालिका, गोरखा अस्पतालका साथै गण्डकी, आरुघाट, धार्चे र अजिरकोटमा गाउँपालिकाका रहेका छन् । संक्रमण देखिएका मध्ये १५ जना एन्टिजेनबाट र ८ जना पीसीआर परिक्षण गर्दा देखिएको कार्यालयले जनाएको छ ।

आज संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा १ महिला र ३ पुरुष, पालुङटार नगरपालिकामा ३ महिला, गण्डकी गाउँपालिकामा २÷२ जना महिला पुरुष, आरुघाट गाउँपालिकामा २ जना महिला र १ जना पुरुष र अजिरकोटमा १ जना महिलामा एन्टिजेन परिक्षणका क्रममा संक्रमण देखिएको हो ।

यता पीसीआर परिक्षणका क्रममा पालुङटार नगरपालिकामा १ जना महिला र २ जना पुरुष तथा धार्चे गाउँपालिकामा १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ । कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार ३७ जना महिला र ७ जना पुरुष गरी ४४ जनाको पीसीआर रिर्पोट प्राप्त हुदा ८ जनामा संक्रमण देखिएको र ४२ जना महिला र २५ जना पुरुष गरी ६७ जनामा एन्टिजेन गर्दा १५ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology