बुटवल २२, असार । कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज मृत्यु भएको हो ।
७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उहाँलाई गएको ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौँ पुर्याइएको थियो । आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाउनु भएको थियो ।