Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाघले खायो ६७ बर्षका एक पुरुषलाई


2.1K
Shares

बाघले खायो ६७ बर्षका एक पुरुषलाई

बर्दिया २१ असार । बाघको आक्रमणबाट ६७ बर्षका एक पुरुषको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय चित्रबहादुर खत्रीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।

हिजो आइतबारदेखि हराई रहेका खत्रीको शव नेपाल–भारत सीमा क्षेत्रमा रहेको सम्झना सामुदायिक वन भित्र क्षतविक्षत अवस्था आज फेला परेको उहाँले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट यसवर्ष १२ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology