Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

हृदयघातका कारण वडाध्यक्षको मृत्यु


3.1K
Shares

हृदयघातका कारण वडाध्यक्षको मृत्यु

लमजुङ २१, असार । हृदयघातका कारण आज एक वडाका वडाध्यक्षको मृत्यु भएको छ । मनाङको नासों गाउँपालिका ५ थोंचेका वडाध्यक्ष ५० बर्षिय छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन आज भएको गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।

बिहान बेँसीसहरस्थित होटलमा हृदयघात भएपछि पुनेललाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ पुर्याइएको थियो । उहाँको उपचारका क्रममा करिब मध्यान्ह्र १२ बजे मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ ।

स्वर्गिय पुनेल नासों गाउँपालिका प्रवक्ता समेत हुनुहुन्थ्यो । उहाँ नेपाली काग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । मृतक पुनेलका आमा, श्रीमती र ५ छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology