गोरखा २१, असार : गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ उपल्लो गोहोरेमा पहिरोले ज्यान गुमाएकाका परिवारलाई गाउँपालिकाले ५० हजार रुपैया राहात दिने भएको छ । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज एक शोक बक्तव्य जारी गर्नुहुै पिडित परिवारलाई गाउँपालिकाको तर्फबाट ५० हजार रुपैया राहात उपलब्ध गराउने बताउनु भएका हो ।
यही असार १८ गते शनिबार घर माथिबाट खसेको पहिरोले उपल्लो गोहोरेका एक घरका श्रीमान श्रीमतीको मृत्यु भएको थियो । घटनामा परि ८० बर्षका रमन पाण्डे र उहाँकी श्रीमती ६८ बर्षका नन्दुकुमारी पाण्डेको मृत्यु भएको हो । शोक बक्तव्यमा घटनाले गाउँपालिकालाई मर्माहत बनाएको उल्लेख गर्दै मृत आत्माको चिर शान्तिको कामना गरिएको छ ।
त्यस्तै अध्यक्ष गुरुङले जारी गर्नुभएको शोक बक्तव्यमा घटनाका पिडित परिवार प्रति समवेदना ब्यक्त गर्दै विपद्का बेला सहयोग गर्ने रेडक्रस श्रीनाथकोट उपशाखा, इलाका प्रहरी कार्यालय जौवारी, स्थानीय विपद् प्रतिकार्य समुह र स्थानीय समुदायलाई धन्यबाद समेत दिइएको छ ।
