Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज ४१ जनामा कोरोना पुष्टी ( कुनकुन पालिकामा थपिए संक्रमित यो हेर्नुहोस)


2.9K
Shares

गोरखामा आज ४१ जनामा कोरोना पुष्टी ( कुनकुन पालिकामा थपिए संक्रमित यो हेर्नुहोस)

गोरखा २१ असार । गोरखा जिल्लामा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको ५ स्थानिय तहमा संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यालयका अनुसार गोरखा नगरपालिका, गण्डकी, आरुघाट, शहिद लखन र भिमसेन थापा गाउँपालिकामा गरी ४१ जनामा संक्रमण देखिएको हो । संक्रमितहरुमा  २२ जना महिला र १९ जना पुरुषहरु रहेका छन् ।

आज संक्रमण पुष्टी भएका मध्ये ४० जना भने एन्टिजेन प्रविधिबाट स्वाब परिक्षण गर्दा संक्रमण देखिएको कार्यालयले जनाएको छ । एन्टिजेन गरिएका मध्ये गोरखा नगरपालिकामा ६ जना महिला र ५ जना पुरुष, गोरखा अस्पतालमा १ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी गण्डकी गाउँपालिकामा ९ जना महिला र ७ जना पुरुष, आरुघाट गाउँपालिकामा १/१ जना महिला र पुरुषमा र भिमसेन थापा गाउँपालिकामा ५ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।

यता पीसीआर प्रविधिबाट प्राप्त रिर्पोटमा शहिद लखन गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
सोमबार विभिन्न गाउँपालिकामा गरी कुल सक्रिय संक्रमीतहरुको संख्या २५४ रहेका छन् । आज गोरखा नगरपालिकामा १८ जना पुरुष र १३ जना महिला, गोरखा अस्पतलामा ७ जना महिला र ११ जना पुरुष, गण्डकी गाउँपालिकामा १६ जना महिला र १२ जना पुरुष, आरुघाट गाउँपालिकामा ३ जना महिला र ५ जना पुरुष र भिमसेन थापा गाउँपालिकामा ८ जना महिला र ५ जना पुरुषको एन्टिजेन मार्फत स्वाब परिक्षण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology