Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जिल्ला प्रसासन गोरखामा कामका लागि आउदै हुनुहुन्छ (कुन पालिकाको पालो छ हेर्नुहोस)


3.2K
Shares

जिल्ला प्रसासन गोरखामा कामका लागि आउदै हुनुहुन्छ (कुन पालिकाको पालो छ हेर्नुहोस)

गोरखा २१, असार । लामो समयसम्म सर्वसाधारणको काम रोकिए जिल्ला प्रशासन कार्यालय गोरखाले कुन बार कुन पालिकाको काम हुने बिषयमा सार्वजनिक सूचना जारी गरेको छ । ८१ दिनपछि आइतबारदेखि कार्यालयले सर्व साधारणलाई सेवा दिने गरी पालिका अनुसारको बार तोकेको हो । लामो समयसम्म कार्यालय बन्द हुदा धेरै सेवाग्राही मर्कामा परेको थियो ।

कोरोना महामारीको अवस्था अझै सहज नभएको र भिडभाड गरेर काम गर्न सक्ने अवस्था नभएकोले कार्यालयले बार अनुसारको पालिकाको काम गर्न लागेको हो । आइतबार र सोमबार गोरखा नगरपालिका र आरुघाट र धार्चे गाउँपालिकाको काम हुने छ भने मंगलबार र बुधबार पालुङटार नगरपालिका र सिरानचोक र गण्डकी गाउँपालिकाको काम हुने कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

साथै बिहीबार र शुक्रबार भने बाँकी रहेको भिमसेन थापा, शहिद लखन, बारपाक सुलिकोट, अजिरकोट र चुमनुब्री गाउँपालिकाका सर्व साधारणहरुले सेवा लिन सक्ने भएको छ । यसरी स्थानिय तहलाई बार अनुसारको काम गरिदिदा भिडभाड पनि नहुने र काममा सहजताका साथै सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पुरै पालना गराउन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology