गोरखा १९, असार । उत्तरी गोरखाको आरुघाट गाउँपालिका–३, सोती स्थित फुङगी खोलाले बगाएका एक पुरुषको आज उद्धार गरिएको छ । खोलाले बगाएका आरुघाट गाउँपालिका १ श्यामचेतका २६ बर्षिय किरण लामालाई स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।
बिहान करिब ९ः३० बजे खोला तर्ने क्रममा एक्कासी खुट्टा चिप्लिएपछि खोलाले बगाएका लामालाई २० मिटरसम्म बगाएर बगरमा पुरयाएको थियो । घटना लागत्तै स्थानीयले देखेपछि लामाको उद्धार गरिएको उहाँको भनाई छ ।
अचेत अवस्थामा उद्धार गरिएका लामाको अहिले आरुचनौटे प्राथामिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचार भइरहेको डिएपी दाहालले जानकारी दिनुभयो ।