गोरखा १९, असार । गोरखामा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ गोहोरेमा गएराती माथिबाट खसेको पहिरो घर पुरिदा एकै परिवार श्रीमान श्रीमतीको मृत्यु भएको हो ।
पहिरोले स्थानीयबासी ८० बर्षका रमन पाण्डेको घर पुरिदा पाण्डे सहित उहाँकी श्रीमती ७० बर्षकी नन्दकुमारी पाण्डेको मृत्यु भएको रहेको वडाध्यक्ष सुरज ढकालले जानकारी जानकारी दिनुभयो । घटनाको थप बिबरण प्राप्त हुन बाँकी छ ।