गोरखा १९, असार । गोरखाका दुई पुरुष अबैध बन लसुन सहित पक्राउ परेका छन् । जिल्लाका धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दाका माइला गुरुङ र वडा नम्बर ७ लापुका जीतबहादुर गुरुङलाई प्रहरीले मनाङमा पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुको साथबाट करिब किलो बराबरको बनलसुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्का जानकारी दिनुभयो ।
बरामत गरिएको बनलसनु करिब ६ लाख रुपैयाँ बराबरको रहेको उहाँको भनाई छ । शुक्रबार पक्राउ परेका गुरुङद्धयले नार्पाभूमिको नारका स्थानीयबाट प्रतिकिलो ४ हजार रुपैयाँका दरले किनेर ल्याएको प्रहरीसंगको बयानमा बताएको डिएसपी खड्काले बताउनुभयो ।
बरामद गरिएको लुसन प्रति किलो १८ हजार रुपैयाभन्दा मंहगोमा बिक्रि हुने बताइएको छ । बरामद गरिएको वनलसुनलाई थप अनुसन्धान र कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई बुझाएको छ ।