गोरखा १८, असार । गोरखा जिल्लामा यहीँ असार २९ गतेसम्म निषेधाज्ञाका थपिएको छ । जिल्ला स्तरीय कोभिड १० संकट व्यवस्थापन केन्द्रको शुक्रबार ( आज) बसेको बैठकले सातौं पटक जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।
यस अघि जारी गरिएको निषेधाज्ञा भोली राती १२ बजे सकिदैछ । बैठकले केही खुकुलो पार्दै निषेधाज्ञाको समय थप गर्न सिफारिस गरेपछि जिल्ला प्रसासन कार्यालय निषेधाज्ञाको समय थप गरेको हो ।

