वीरगञ्ज, १८ असार । जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका २ औधापुरका ४५ बर्षिय रामदेव पटेलको हात्तीको आक्रमणबाट मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खेतमा काम गरिरहेका पटेललाई जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएपछि उपचारका लागि कलैया अस्पताल लैजादै गर्दा उहाँको बाटोमा नै मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जबाट नै हात्ती आएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाई छ ।