गोेरखा १८, असार । गोरखामा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको गोरखा नगरपालिका, गोरखा अस्पताल र धार्चे गाउँपालिकामा गरी ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । बिहिबार संक्रमण देखिएका मध्ये २ जना पीसीआर परिक्षणबाट र ५ जना एन्टिजेन परिक्षणका क्रममा देखिएको कार्यालयले जनाएको छ ।
गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणमा २ जना महिला र १ जना पुरुष तथा गोरखा नगरपालिका क्षेत्र भित्र गरिएको एन्टिजेन परिक्षणमा २ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी धार्चे गाउँपालिकामा पीसीआर परिक्षणका क्रममा २ जना पुरुषमा संक्रमण देखिएको छ ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार गोरखा नगरपालिकामा १ जना पुरुष र ४ जना महिला, गोरखा अस्पतालमा ६ जना महिला र ९ जना पुरुष, आरुघाटमा १ जना पुरुष र अजिरकोटमा १ जना महिला र ४ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो ।
यि सबै स्थानमा ८ महिला र १८ पुरुष गरी २६ जनाको एन्टिजेन परिक्षण गरिएको थियो । त्यस्तै गरी आजै धार्चे गाउँपालिकामा १६ जना महिला र १० जना पुरुषको पीसीआर संकलन गरिएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।