Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा बाढीमा एकै परिवारका ४ जना फसे, उद्धारको प्रयास जारी


8.9K
Shares

गोरखामा बाढीमा एकै परिवारका ४ जना फसे, उद्धारको प्रयास जारी

गोरखा १७, असार । पालुङटार क्षेत्रको बिद्री खोलामा आएको बाढीले एउटा घर घेरिएको छ । खोलाले घेरिएको घरमा बस्ने ४ जनालाई अहिले उद्वारको प्रयास भईरहेको छ । पालुङटार नगरपालिका ९ बिद्री खोलामा खारखोलाबाट आएको बाढी दुई भंगालो भएर बग्दा बिचमा केशव अधिकारीको घर परेको घरमा उहाँका आमा सहित ४ जना रहेको वडाध्यक्ष भेषराज पाण्डेले जानकारी दिनुभयो ।अहिले उहाँहरुको स्थानिय, नेपाल प्रहरी र नेपाली सेनाले उद्वारको प्रयास गरिरको छ ।

त्यस्तै संगै रहेको खेतमा बंगुरगोठमा गएका अ र्जुन लामाका बाबु छोरो पनि भंगालोको बिचमा परेर उद्वारका लागि प्रतिक्षारत रहेको स्थानिय एवं जन प्रतिनिधी कृष्णबहादुर अधिकारीले जानकारी दिनुभयो ।रातीदेखिआएको भीषण बर्षाका कारण अहिले पालुङटारको बिद्री क्षेत्रमा धेरै घरहरु पहिरोको जोखिमा परेको र अधिकाशं सडकमा पहिरो गएको छ । बिद्युत नहुदा टेलिफोनमा समस्या देखिएको वडा नम्बर १० का वडाध्यक्ष रिखीराज धौरालीले जानकारी दिनुभयो।

यता सोही क्षेत्रको चुदी खोलाबाट आएको बाढी शेरामा मिसीदा सोही क्षेत्रको १ घर बगाएको खोलामा काम गरिरहेको आफ्नो ट्याक्टर बगाएको ट्याक्टर धनी सुलिन कुवरले जानकारी दिनुभयो । बिद्री खोलाले वरपर रहेको धानबाली लगाएको खेतहरु समेत कटान गरेर ठुलो क्षति पुरयाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology