Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आँबुखैरेनी सडक खण्डमा पहिरो, जिल्ला भित्र ठाउँठाउँमा सडक अबरुद्ध


3.9K
Shares

गोरखामा आँबुखैरेनी सडक खण्डमा पहिरो, जिल्ला भित्र ठाउँठाउँमा सडक अबरुद्ध

गोरखा १७, असार । लगातारको बर्षाका कारण गोरखाका बिभिन्न सडक खण्ड अबरुद्ध भएका छन् । गएराति थपिएको भारी बर्षाका कारण गोरखा आँबुखैरेनी सडकखण्डको तीन किलो क्षेत्रमा पहिरो खसेको छ । पहिरो अबरुद्ध भएको उक्त सडकखण्ड पहिरो पन्छाएर एक तर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

जिल्ला भित्रको दर्जनौ स्थानहरुमा पहिरो गएको जानकारी आएका उहाँले बताउनुभयो । दाहालले दिएको जानकारी अनुसार गोरखा–खैरेनी सडक खण्डको ३ किलो क्षेत्रमा पहिरो पन्छाएर एकतर्फी सडक खुल्ला गरिएको छ । त्यस्तैगरी १५ किलो क्षेत्रमा पनि पहिरो जादा एक तर्फी मात्र सडक सञ्चालनमा आएको छ ।

उता सिरानचोक गाउँपालिका भित्र पर्ने ११ किलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडक अन्तरर्गतको भालुस्वाराँमा पहिरोले सडक अबरुद्व पारेको छ भने पालुङटारबाट आँपपिपल जाने सडकमा पनि पहिरो गएर सडक अबरुद्व भएको छ ।

रातीदेखीको अबिरल बर्षाले पालुङटार नगरपालिकाको हवाई मैदान नजिकै पहिरो गएर सडक अबरुद्व भएको छ । पहिरो गएको सबै क्षेत्रमा अहिले मेशिन प्रयोग गरेर पहिरो पन्छाउने काम भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology