गोरखा १६, असार : बुढिगण्डकी , दरौंदी, मस्याङ्दी , लगायतका नदीनाला आसपासका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । कार्यालयका प्रशासकिय अधिकृत हर्क रोकाले मगंलबार एक सुचना जारी गर्दै मनसुन बर्षाको जल तथा मौसम विज्ञान विभागले असार १६ गतेदेखी १९ गतेसम्म नदीहरुमा पानीको बहाब बढ्ने प्रक्षेपण गरेकाले सतर्कता अपनाउन आग्रह गर्न भएको हो ।
लगातारको बर्षाले नदिहरुमा पानीको बहाब बढ्दा बाढि , पहिरो र डुबानको खतरा बढी हुन सक्ने भएकोले नदिनाला आसपासका स्थानमा नजान , सो क्षेत्रका बासीन्दालाई उच्च सतर्कता अपनाउन र जोखिम आंकलन गरी सुरक्षीत स्थानान्तरण हुन आग्रह गरीएको छ । साथै प्रशाशनले स्थानिय तह तथा सुरक्षा निकायको निरन्तर सम्पर्क नदीनाला आसपासका बासिन्दालाई आग्रह गरेको छ ।