Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाढीले उर्लिएको त्रिशुली नदीमा ट्रक खस्यो


2.2K
Shares

बाढीले उर्लिएको त्रिशुली नदीमा ट्रक खस्यो

धादिङ १५, असार । बाढीले उर्लिएको त्रिशुली नदीमा ट्रक खसेको छ । बीरगञ्जबाट काठमाण्डौका लागि जाँदै गरेको ना ३ ख ८०७४ नम्बर ट्रक आज बिहान खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका अन्र्तगत पृथ्वी राजमार्ग अन्र्तगत पर्ने चरौँदी ज्यामिरे घाटबाट खण्डमा ट्रक नदीमा खसेको हो ।

दुर्घटनामा परि ट्रकका चालक बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका चालकको पहिचान हुन सकेको छैन । ट्रकमा कति जना मान्छे थिए भन्ने बारेमा एकिन भएको छैन । नदीमा खसेर बेपत्ता भएको ट्रकको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

बीरगञ्जबाट काठमाण्डौका लागि छुटेको तीनवटा मध्ये एउटा ट्रक गन्तव्यमा नपुगेपछि खोजी गर्दा ट्रक नदीमा खसेको पुष्टी भएको हो । फाइल फोटो

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology