गोरखा १४, असार : गोरखाको चुमनुव्री गाउँपालिकाको माथिल्लो फिलिममा बाढी पहिरोको जोखिमपूर्ण क्षेत्रको भौगर्भिक अध्ययन सकिएको छ । काठमाण्डौबाट गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीको नेतृत्वमा पुगेको इन्जिनियर सहित खानी तथा भुगर्भ बिभागको टोलीले माथिल्लो फिदिममा जोखिमपूण क्षेत्रको अध्ययन सम्पन्न गरेको हो ।
केहीदिन अघिदेखि परेको अबिरल बर्षाका कारण पहिरोले अत्याधिक क्षति पु¥याएको ति क्षेत्रमा बस्तीको जोखिमको अध्ययनका लागि बिज्ञ सहितको टोली हिजो त्यहाँ पुगेको हो । त्यस क्षेत्रमा घरहरु भाँसिएको, चिरा परेको पाइएकाले भौगोलिक हिसावले उच्च जोखिम देखिएको अध्ययनमा संलग्न खानी तथा भूगर्भ बिभागका भूगर्भबिद् सूचिता श्रेष्ठले जानकारी दिनुभयो । बिज्ञ सहितको टोली भोली सम्म त्यस क्षेत्रमा रहने जनाइएको छ ।
भौगोलिक अध्ययनका लागि सिर्दिबास पुगेको उक्त टोलीमा टोलीमा सांसद अधिकारीसंगै बिपत प्राधिकरणका भुगर्भ इन्जिनियर सुसिल श्रेष्ठ, खानी तथा भूगर्भ बिभागका भूगर्भबिद् सूचिता श्रेष्ठ, सुलभ कायस्थ र पत्रकार सागर पन्त रहनु भएको छ ।

