Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा जातिय बिभेदका बिरुद्ध युवाहरुको प्रर्दशन : बिभेदमा संलग्नलाई कारवाहीको माग


5K
Shares

गोरखामा जातिय बिभेदका बिरुद्ध युवाहरुको प्रर्दशन : बिभेदमा संलग्नलाई कारवाहीको माग

गोरखा १३, असार । गोरखामा जातिय बिभेदका बिरुद्ध आज युवाहरुले सदरमुकाममा बिरोध प्रर्दशन गरेका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ र काठमाण्डौमा गायिका समेत रहनु भएकी सञ्चारकर्मी रुपा सुनार माथि भएको जातिय बिभेद बिरुद्धमा युवाहरुले निधारमा कालो कालोपट्टी बाँधेर बिरोध प्रर्दशन गरेका हुन् ।

घटनाका दोषीलाई तत्काल कानुन बमोजिम कारवाहीको माग गर्दे संयुक्त दलित अभियानले सदरमुकामको हरमटारी चोकमा बिरोध प्रर्दशन गरेका हुन । हातमा जातिय बिभेदका बिरुद्ध लेखिएका नारा सहितको प्ले कार्ड बोकेर सडक उत्रिएका युवाहरुले जातका आधारमा आफुहरु माथि गरिएको बिभेद सैह्रय नहुने भन्दै जातिय बिभेदको अन्त्य गर्न माग गरेका छन् ।

जिल्लाको भिमसेन थापा गाउँपालिकाको बोर्लाङमा पशु सेवा कार्यालयबाट खटिएकी एक कर्मचारी प्रिती गैरेलाई खोप लगाउने क्रममा ब्राह्रमण समुदायकी मीरा पौडेलले गाईलाई दलितले छुन नहुने भन्दै बिभेद गरेको र हालै काठमाडौंमा रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडा दिन अस्विकार गरेको घटनाको बिरोधमा गोरखामा बिरोध प्रर्दशन गरिएको हो ।

अभियानले आइतबार नै घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै गोरखा साहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाइएको छ । प्रधानमन्त्री ओलीलाई पठाइएको ज्ञापन पत्रमा संबिधानमा जातिय बिभेदको अन्त्यमा भएपनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको भन्दै जातिय बिभेद गर्ने माथि कारवाही गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा बोर्लाङमा गाईलाई भ्याक्सिन लगाउन पुगेका पशुस्वास्थ्यकर्मी प्रिती गैरे माथि भएको जातिय बिभेद र रुपा सुनार माथि भएको जातिय बिभेदको दोषीलाई कानुनी कारवाही गर्नुपर्ने उल्लेख छ । ज्ञापन पत्र बुझाउन पुगेका दलित अगुवाहरुले कानुन कार्यान्व्यन गराउन निकायबाट कानुन बमोजिम कारवाही गर्न हिचकिचाउने गरेको गुनासो गरेका छन् ।

दलिय अगुवा डिलबहादुर सेन्चुरी, हरी गान्धारी सुरेश नेपाली, बाबुराम आक्षामी, आशा उपरकोटी, सुमित्रा मगराती, रबिन गैरे लगायतले यस्तो गुनासो गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology