Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोभिड स्वास्थ्य इकाईद्धारा कोरोना रोकथाम गर्न परामर्श शिविर सहितका कार्यक्रम सञ्चालन


3.5K
Shares

कोभिड स्वास्थ्य इकाईद्धारा कोरोना रोकथाम गर्न परामर्श शिविर सहितका कार्यक्रम सञ्चालन

गोरखा १३, असार : गोरखाको सिरानचोक गाउँपालिकामा नेकपा माओबादी केन्द्रद्धारा गठित कोभिड स्वास्थ्य इकाईले कोरोना रोकथामका लागि परामर्श शिविर सञ्चालन, स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको जनाएको छ । इकाईले कोभिड संक्रमण फैलन नदिन कोभिड बारे सचेतना फैलाउन जिल्ला भित्रका सञ्चार माध्यममा सचेतना मूलक सामग्री प्रशारणसंगै विरामीहरुको परिक्षण, उपचार तथा उद्दारमा परिचालन गरेको जनाएको छ ।

कोभिड–१९ को महामारीबाट नागरिकहरुलाइ सुरक्षित राख्न इर्काले आफू बच्न र अरुलाई बचाउन समुदाय स्तरमा सचेतना फैलाउने उदेश्यले सार्वजनिक सन्देश बनाई सञ्चार माध्यमहरुमा प्रशारण गरेको संयोजक नवराज पुडासैनीले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिका भित्र कोभिड परिक्षण, उपचार तथा परामर्श शिविर संचालन गरी कोभिड संक्रमण पुष्टी भएकाहरुलाई औषधी र परामर्श प्रदान गरिएको उहाँको भनाई छ । इकाईले पालिका भित्रका होम आइसोलेसनमा बसेका ८७ जना बिरामीहरुलाई घरघरमा पुगेर पोषण तथा सरसफाई सामग्री समेत बितरण गरेको संयोजक पुडासैनीले बताउनुभयो ।

बितरण गरिएको सामग्रीमा प्रति बिरामी १० दखि १५ पिस अण्डा, २ किलो गेडागुडी, १५ पिस सर्जिकल माक्स, सेनीटाजर, साबुन उपलब्ध गराइएको इकाईले जनाएको छ । इकाईले पालिकाको ८ वटै वडामा कोभिड–१९ को संक्रमण फैलिएको तथा संक्रमणको जोखिममा रहेका बस्तीहरुमा माक्स लगाऔं, कोरोना भगाऔं अभियान संचालन प्रत्येक घरमा सर्जिकल मास्क समेत बितरण गरेको हो । पार्टी अन्र्तगत गठित इकाईले जनताको जीवन रक्षालाई केन्द्रमा राखेर जनसेवामा सक्रिय हुनुलाई मुख्य कार्यभार भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology