Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सांसद अधिकारी जोखिमपूर्ण बस्तीको अध्ययन गर्न भूगर्भबिद्को टोली लिएर उत्तरी गोरखा पुगे


7.9K
Shares

सांसद अधिकारी जोखिमपूर्ण बस्तीको अध्ययन गर्न भूगर्भबिद्को टोली लिएर उत्तरी गोरखा पुगे

गोरखा, १३ असार । बाढी पहिरोको उच्च जोखिममा परेको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका बिभिन्न क्षेत्रको अध्ययनका बिज्ञ सहितको टोली लिएर बिघटित प्रतिनिधिसभका सांसद हरिराज अधिकारी उत्तरी गोरखा पुग्नु भएको छ । लगातारको बर्षापछि बाढी पहिरालेले बढी क्षति पुगेको क्षेत्रको अध्ययनका लागि इन्जिनियर सहित खानी तथा भुगर्भ बिभागको आज टोली सिर्दिबास पुगेको हो ।

बिज्ञ सहितको टोलीले सिर्दिबास क्षेत्रमा पर्ने जगत सल्लेरी लगायतका स्थानका जोखिमपुर्ण बस्तीको अध्ययन तथा अनुगमनका गर्ने सांसद अधिकारीले जानकारी दिनुभयो । टोलीमा टोलीमा सांसद अधिकारीसंगै बिपत प्राधिकरणका भुगर्भ इन्जिनियर सुसिल श्रेष्ठ, खानी तथा भूगर्भ बिभागका भूगर्भबिद् सूचिता श्रेष्ठ, सुलभ कायस्थ र पत्रकार सागर पन्त रहनु भएको छ । टोलीले ३ दिनसम्म त्यहाँ रहेर जोखिमपूर्ण बस्तीको अध्ययन तथा अनुगमन गर्ने सांसद अधिकारीले जानकारी दिनुभयो ।

बिज्ञ सहितको टोली एयर डाइनेष्टी हेलिकप्टरबाट बिहान सिर्दिबास पुगेको हो । ‘इन्जिनियर र बिज्ञहरुले त्यहाँको अध्ययन गरेपछि बस्ती सार्नुपर्ने वा नपर्ने भन्ने बारेमा निस्कर्ष निकाल्न सजिलो हुन्छ, सांसद अघिकारीले भन्नुभयो, त्यसको निस्कर्षका आधारमा तत्काल के गर्ने भन्ने बारेमा थप निर्णय गर्न सजिलो हुन्छ ।’

समयमा अध्ययन गरि जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न नसक्दा हरेक बर्ष बाढी पहिरोका कारण ठूलो जनधनको क्षति व्यर्होनु परेको उहाँले बताउनुभयो । ‘उत्तरी गोरखामा भौगोलिक हिसावले बिकट छ, २०७२ गोरखा भुकम्पले चिराचिरा बनाएका पहाडहरु खस्ने, पहिरो जाने क्रम रोकिएका छैनन, सांसद अधिकारीले भन्नुभयो, जोखिमपूर्ण बस्तीको बेलैमा अध्ययन गरि नागरिकहरुको जनधनको रक्षा गर्नु पहिलो आबश्यकता पनि हो ।’ फोटो : सागर पन्त ( त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल)

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology