Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेको आरोपमा २ जना पक्राउ


3.2K
Shares

डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेको आरोपमा २ जना पक्राउ

सर्लाही १२, असार । डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गएराती हत्या भएको छ ।

घटनामा संलग्न भएको आरोपमा जेसीबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।पोखरीको निरीक्षणमा पुगेको बेला जेसीबी (डोजर) ले किचेर वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको हो ।

जेसीबीको बकेटले ठक्कर दिएर लडाएर उनिहरुले वडाध्यक्ष श्रेष्ठलाई माटोले पुरिदिएका थिए । घटनाको जानकारी पाए लगत्तै पुगेको प्रहरीले वडाध्यक्ष श्रेष्ठको शव पुरिएको अबस्थामा निकालेको थियो । पक्राउ परेकाहरु माथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology