गोरखा १२, असार : गोरखाको गण्डकी गाउँपालिकाले शनिबार पनि कार्यालय सञ्चालन गरेको छ । गाउँपालिका भित्र सञ्चालित योजनाहरुको फरफारक र भुक्तानीका लागि तिव्रता दिन आजदेखि असार महिनाभर शनिबार कार्यालय सञ्चालन गर्ने निर्णय गरेका गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जानकारी दिनुभयो ।
बिदाको दिनमा हुने कार्यालय सञ्चालनका क्रममा समेत सेवा ग्राहीलाई सवै प्रकारको सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचना प्रकाशन गरेर पालिका कार्यलय शनिबार समेत जानकारी समेत गराएको छ ।